देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना रोकथाम र नियन्त्रणमा सरकारको हालसम्मको खर्च १० अर्ब

देशान्तर

काठमाडौं । लकडाउनका बेला सरकारले राहतका लागि कुनै सहयोग नगरको गुनासो बढिरहेका बेला सरकारले भने कोरोना रोकथाम र नियन्त्रणका लागि हालसम्म १० अर्ब रुपैंयाँ खर्च भइसकेको जनाएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण, उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिएको छ । कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

अझै स्थानीय तहबाट भएको खर्चको विवरण आइनसकेको उनले बताएका छन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट एक अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले बताए ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।