देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुल्मीमा थप एक जना कोरोना पुष्टि

देशान्तर

गुल्मी । गुल्मीमा सोमबार थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाको रेसु नगरापलिका वडा नम्वर १० का २६ बर्षीय पुरुष्माा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले  जानकारी दिए ।

सिमीचौर घर भएका ती पुरुष भारतबाट घर आई  तम्घासको महेन्द्र नमुना माविको क्वारेन्टिनमा जेठ १० गते देखि बस्दै आएका थिए । उनको स्वाब  संकलन जेठ १७ गते गरिएकोे र आज जेठ १९  गते  उनको रिर्पोट पोजिटिभ आएको डाक्टर शर्माले बताए ।

योसहित गुल्मीमा हाल सम्म ५ जनामा कोरोना संक्रमण भेटिएको छ ।