देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वी नवलरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

नवलपुर । पछिल्लो पटक पूर्वी नवलपरासीमा देखिएका ३ जना कोरोना संक्रमितलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ । सोमबार एक १४ वर्षीया किशोरसहित २ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

सोमबार कोरोना संक्रमित हुनेमा कावासोती नगरपालिका-१ र १२ का २२ र ३६ वर्षीया पुरुष छन् । १४ वर्षीय किशोर विनयी त्रिवेणी गाउँपालिका-३ का हुन् । भारतबाट आएका उनीहरुको अवस्था सामान्य छ ।

संक्रमितलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डाको आइसोलेसनमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।