देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने

देशान्तर

पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ ।

पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा हुने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही देशका प्रदेश नं ५, गण्डकी र वाग्मती प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ ।

दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । बुधबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।