देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक अभियन्ता सुवेदीले गरे पीपीई सहयोग

देशान्तर

काठमाडौं । सामाजिक अभियन्ता तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ एका पूर्व गर्भनर एवम् नेपाली काँग्रेसका नेता कुमारराज सुवेदीले स्वयंसेवकहरुलार्ई पीपीई सहयोग गरेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा सामाजिक कार्यमा खटिनेहरू बौद्ध तिनचुलेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रनिलध्वज कार्की, का.म.नपा ६ बौद्धका सचिव तथा भुवालडाँडा युवा क्लबका उपाध्यक्ष अजिप लामा, ह्युल्सा महिला समुहकी अध्यक्ष सानु लामासहित ५ जनालाई ५ थान सुरक्षा कवच (पीपीई) सहयोग गरेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउनमा रहेको र गरीव तथा मज्दुरहरु अप्ठेरोमा परेकाले उनीहरुको सेवामा खटिनेलाई आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्ने सुवेदीले बताए ।