देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपडेट : बाँके दुर्घटनामा मृत्यु हुनेकाे संख्या १२, सनाखत हुन बाँकी

देशान्तर

बाँकेको राप्ती सोनारीमा मिनिबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

भारतबाट आएका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को मिनिबस गएराति राति राप्ती सोनारी २ मा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

१२ जनाकै शव भेरी अस्पतालमा राखिएको र उनीहरुको सनाखत भने भइसकेको छैन ।

घाइते सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।