देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीले ज्यादती गरेको भन्दै बीरगंज महानगरका सफाई कर्मचारी आन्दोलित

देशान्तर

वीरगंज । वीरगंज महानगरपालिका सफाईमा खटेका कर्मचारीहरुमाथि पर्सा प्रहरीले लगातार अपशब्द प्रयोग गरी कुटपिट र हुल हुज्जत गर्न थालेको घटनामा वृद्धि भएपछि सफाई कर्मचारीहरुले काम ठप्प गरेका छन् । वीरगंज महानगरपालिका र पृथ्वी तारा एन.के. इन्टरनेशनल जे.भी.ले नगरको सरसफाई निजी साझेदारी अन्तर्गत हुने गरेको छ ।

जेठ १५ गते दिउँसो एक बजे भारतीय महावाणिज्य दूतावासको अगाडि फोहर बोक्ने ट्रैक्टरको ड्राइभर बृजकिशोर कुशवाहालाई काम सकेर घर जान लाग्दा प्रहरीले लठ्ठीले हिर्काएर दाहिने खुट्टा फ्रैक्चर बनाइ दिएको छ । एन.एम.सी अस्पतालमा उपचार गराउन जाँदा घाउँ जाँचको फारम भरेर प्रहरी रिपोर्ट बनाउन खोज्दा डाक्टरले नमानेपछि उपचार गराएर फर्केको वीरगंज महानगरपालिकाको सहायक सरसफाईं अधिकृत सर्फुदिन मियाँले बताए ।

यसैगरी जेठ १६ गते शुक्रबार साँझ ६ः३० बजे सरसफाई पर्यवेक्षक छोटेलाल कुशवाहा चढेको मोटरसाईकल प्रदेश नं. २–०३–००४ प ५३०७ नम्बरको मोटरसाईकल आदर्शनगर चौकमा सई दर्जाको प्रहरीले आमाचकारी गाली गर्दै मेनरोड किन आईस भन्दै खोसेपछि कर्मचारीहरुले शनिबार देखि काम ठप्प पारेका छन् ।

सरसफाई कार्यमा खट्ने सम्पूर्ण कर्मचारीहरुलाई परिचय–पत्र उपलब्ध गराएका छौ तै पनि स्विपरहरुलाई दिनहुँ बाटोमा खट्ने प्रहरीले बेइज्जत गर्ने गरेको कारणले गर्दा समस्या उत्पन्न भएको सहायक सर्फुदिन मियाँले बताए ।

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक विरेन्द्र शाहीसंग बुझ्दा यसबारेमा आफुलाई कुनै जानकारी नभएको गैरजिम्मेवार प्रतिक्रिया दिएर उम्कने प्रयास गरे ।

यस घटनाका सन्दर्भमा वीरगंज महानगरपालिकामा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले प्रहरी प्रशासनसंग समन्वय हुने काम भइरहेको र छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे।