देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण

देशान्तर

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका–१ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

९ जना सहित १२ जना डाक्नेश्वरी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । डाक्नेश्वरी नगरपालिकाका १८ वर्षिय, २० वर्षिय, २५ वर्षिय, ३५ वर्षिय, ४१ वर्षिय, ४५ वर्षिय, ४४ वर्षिय, ४८ वर्षिय र ६० वर्षिय उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए ।

शनिबार बिहानसम्ममा सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ ।