देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सामा २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

देशान्तर

पर्सा । पर्सा जिल्लाको संखुवाप्रसौनी गाउँपालिकामा रहेको दीपनारायण आदर्श माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहका दुई जनामा कोरोना पुष्टि भएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।

नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट ६० वर्षीया महिला र १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुलाई नारायणी अस्पतालबाट कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको छ।

शनिबार संक्रमण पुष्टि भएका दुवै जना जेठ १३ गते भारतको मुम्बई र उत्तर प्रदेशबाट आएका थिए ।