देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दैलेखमा क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

देशान्तर

दैलेख । दैलेखको दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ। भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका ती युवकको शनिबार बिहान मृत्यु भएको हो।

बिहानको खाजा खाएर आराम लागि सुतेका उनी केही समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको छ ।

उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ। ३५ वर्षीय मृतक कर्ण थापा दुल्लु नगरपालिका–११ कालभैरवका रहेको प्रहरिले जनाएको छ ।