देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बर्दियामा आइसोलेशन सेण्टर तयार

देशान्तर

कोरोना सङ्मितको उपचारका लागि बर्दियामा आइसोलेशन सेण्टर तयार गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शय्याको सेण्टर तयार गरिएको हो ।

वार्डमा एक मेडिकल सुपरिटेण्डेण्ट तथा एक चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जिससका प्रमुख शंकरप्रसाद थारुले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला अस्पताल गुलरियामा २५ शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ ।

यहाँका कोरोना संक्रमितलाई दाङको अस्पतालमा लैजान समस्या भएपछि यहीँको अस्पतालमा आइसोलेशन वार्ड तयार गरिएको प्रमुख थारुले बताउनुभयो ।

अहिलेसम्म नगरपालिकामध्ये गुलरियामा चार, राजापुर र बाँसगढीमा एकएक तथा बढैयाताल गाउँपालिकामा एक गरी सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।