देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना असर : पुरानाे नाेट नपठाउन राष्ट्र बै‌ंककाे निर्देशन

देशान्तर

नेपाल राष्ट्र बैंकले नोट भुक्तानी गर्नुपूर्व कीटाणु र भाइरसरहित बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सफा नोट नीति २०७३ लाई संशोधन गर्दै राष्ट्र बैंकले निश्चित प्रक्रिया अपनाएर नोटलाई भाइरसरहित बनाउन निर्देशन दिएको हो । नोट ओसारपसार गर्ने बाक्सा र ठाउँ पनि सफा हुनुपर्नेछ ।

यस्तै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अङ्क, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, लेखिएको, कोरिएको र मेटिएको च्यातिएको वा पूर्वराजा अङ्कितको नोटलाई निष्कासन अयोग्य नोटको रुपमा निष्कासन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नोटमा स्टिचको प्रयोग नगर्न र रबर तथा पेपर ब्यान्ड प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै एटीएम मेसिनलगायतका माध्यमबाट बजारमा पठाउन सकिने नोटमा हरियो रङ्गको स्लिप प्रयोग गर्न र अयोग्य नोटमा रातो रङ्गको स्लिप प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।