देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

देशान्तर

काठमाडौं । कोरोनाबाट पहिलो पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककि एक महिलाको शिशुका लागि अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रूपैयाँ सहयोग गरेका छन् ।

केही दिनअघि आमाको निधन भएपनि शिशुमा भने कोरोना संक्रमण देखिएको थिएन । हाल अमेरिकाको मेरिल्याण्डमा रहेका सिन्धुपाल्चोक मेलम्चीका खतिवडाले शिशुको लागि सो सहयोग रकम आज बैंकमा जम्मा गरेका हुन् ।

हाल अस्पतालमै रहेको शिशुको पौष्टिक आहार र हेरचाहमा सहयोग पुगोस् भनेर उनले ५१ हजार १ सय ५१ रूपैयाँ बैंक खातामा जम्मा गरेको बताए । यसअघि सिन्धुपाल्चोकका पुर्व सांसद, कांग्रेस नेता मोहन बस्नेतले ५० हजार सहयोग गरेका थिए । खतिवडाले कोरोनाका कारण समस्यामा रहेका नेपाली समुदायलाई अमेरिकामा पनि सहयोग गर्दै आएका छन् ।