देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमितमा १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवक छन् । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।