देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब सेलपेबाटै बीमा सुविधा खरिद गर्न सकिने, सगरमाथा इन्स्योरेन्ससँग सहकार्य

देशान्तर

काठमाडौँ । सेलपे कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच कोरोना भाइरसविरुद्ध एक लाख रुपैयाँसम्म बीमा सुविधा खरिद गर्न सक्ने सहकार्य सुरु भएको छ।

कोरोना भाइरसको जोखिम बढ्दै गएकाले यसबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बीमाको आवश्यकता महशुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्स्योरेन्स कम्पनीमा कोरोना भाइरसविरुद्ध बीमा सुविधा खरीद गर्न सकिने सेवाको सुरुवात गरिएको हो।

सेलपे सेवाका ग्राहकहरुले विश्वभरी फैलिरहेको महामारी कोभिड–१९ विरुद्धको बीमा सुविधा सेलपे मोबाईल वा वेब एप्लिकेशनमार्फत बीमा गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एपमा गई कोभिड–१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यस्तै बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ र १५ दिनको प्रतिक्षा अवधि सकिएपछि कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा वा पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कोरोना भाइरस पोजेटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिने छ।