देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विरामीसँग बढी शुल्क अशुल्ने मनमोहन अस्पताललाई कारवाही

देशान्तर

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले रु नौ सयमा हुनुपर्ने सेवाको रु एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो । लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ ।

त्यस्तै आज नै मीनभवनस्थित मीनभवन औषधि पसललाई बढी मूल्य लिएको भन्दै रु दुई लाख जरिवाना गरेको छ ।सो जरिवाना गरिएको विभागले जनाएको छ ।