देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज देखि बैंक तथा वित्तीय संस्था सबै खुल्ने

देशान्तर

काठमाडौं । सरकारले लकडाउनकै समयमा उद्योग तथा कार्यालयहरू सर्तसहित खोल्न सकिने जनाएसँगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा आउने भएका छन् ।

जोखिमका बाबजुद न्युनतम सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सबै शाखा आजदेखि सञ्चालन हुने भएका हुन् । तर कार्यालयमा एक तिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।

सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो सञ्चालन गर्दै आएका थिए ।