देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीलाई पत्र : ‘याे तरिकाले सबैकाे काेराेना परीक्षण गर्न ८ दशक लाग्छ त’

देशान्तर

सम्माननीय प्रधानमन्त्रीज्यु,
नेपाल सरकार ,
सिंहदरबार काठमाडौं , नेपाल ।

सम्माननीय प्रधानमन्त्रीज्यु, अभिभावक पिताको दायित्व र पुत्रधर्मलाई रक्षा गर्न लामो लगानी र श्रद्धय गुरुवरको गुरु दक्षिणा परीक्षाका लागि छटपटिएका बालबालिकाको हात र मानसिकताले प्रेरित हुँदै अभिभावकको प्रतिनिधि पत्रको रुपमा पहिलो पटक हजुरको नाममा यो पत्र लेख्दै छु र यहाँलाई सबै अभिभावकका तर्फबाट सम्मानभावले नमन गर्दछु ।

पिताको सर्वोपरि धर्म पहिलो पुत्र धर्म नै हो। पुत्रधर्म मर्यादा अनुकुल छ भने त्यो धर्मलाई समाजले पनि स्वीकार र रक्षा गर्नु नै पर्छ। सरकार नागरिकका लागि धर्माधिकारी पनि हो । अहिलेको अबस्थामा बालबालिकाको हक र अधिकार शंकटमा हुँदा रक्षा गर्नु पिता र समस्त नागरिकको धर्माधिकारी राज्यको पनि दायित्व हो। शास्त्रउक्ति र मर्यादा अनुकुल धर्मको रक्षाको लागि पुत्रले पिता र राज्यसंग आशा र स्वीकार खोज्नु पनि हक अधिकार नै हो ।

लकडाउन भएको ४५ औँ दिन बितिसक्दा संयोगले आज नै बुद्ध जयन्ती परेको छ । बुद्धको प्रयोगात्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधी र पज्ञा । शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न गराउन सकेमा नै दु:ख मुक्तिको अवस्था, निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उन बुद्धको मूल शिक्षा Truth,Cause,Solution,र Technology & means हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा आर्यसत्यलाई बुझ्दै जान सकिन्छ । त्यसैले सरकार जो धर्माधिकारी छ भने आशा गरौं उसले नागरिकका ब्यथा र कथालाई बुद्ध शान्तिको कामना भनेर सम्झने छ ।

कोरोना कहरको यो आततायी क्षणमा यहाँलाई सबै जो १३ बर्ष लगातार स्कुलमा अध्ययन गरेर यसै बर्ष एस.ई.ई परीक्षा दिने तयारीमा बसेको विद्यार्थी, र अन्य तहको समेतको अभिभावकको तर्फबाट केही आशा लिएर सुझाब सहित यो कोरोना कहरका शब्दहरु लेख्दैछु । आमरुपमा विद्यार्थीहरु परीक्षा दिने मनसायले परीक्षाको अघिल्लो दिन तयारी गरी निदाउन खोज्दै गर्दा सरकारले कोरोनाका कारण मानव स्वास्थ्य र जीवन सुरक्षाको लागि परीक्षा स्थगित गर्‍यो । यो सुन्दा अभिभावकका नाताले राज्यप्रती भरोषा र सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति गरेको निर्णयमा ब्यक्तिगत आफ्नो मन नमान्दै गर्दा पनि मन बुझाएर बसेको ४५ दिन भयो । मैले बुझेको कुरा सरकारले कोरोना नियन्त्रणको लक्ष्यमा पुग्न धेरै आत्मबिश्वास र दृढता अबस्य चाहिन्छ । यसमा सबै आम नेपालीले सहयोग गर्न पर्छ र गरिरहनु भएको छ पनि । हामी अभिभावक र विद्यार्थी पनि त्यसबाट अछुतो रहन्नौ ।

आगामी दिनमा महारोगको नियन्त्रणको रणनीति, बिशेष सुरक्षा विधि, कोभिड १९ परीक्षणको सीमितता र ढिलापनाले आउने परिस्थितिलाई पनि आम नेपालीले सुक्ष्म ढंगले हेरिरहनु भएको छ होला ।

विकराल समस्या भएको कोरोना भाईरस सुरुमा एक जनाबाट अर्कोमा सर्दै विश्वभरि दर्दनाक अबस्था सिर्जना गरेको कुरा बिदितै छ । सरकारले देस बिदेसबाट हवाई नाका र सीमा नाका बन्दाबन्दी गरेकोमा खुशी नै महसुस गरेका छौं । बिदेसमा फसेका विद्यार्थीले नेपाल आउन चाहेमा अझै पनि उचित ब्यबस्था सरकारले गर्नु नै पर्छ । उत्तम बिकल्प लकडाउन कति दिन गर्ने ? लकडाउन भएको आज ४५ दिन भयो । कोभिड १९ विरुद्धको औषधि भ्याक्सिन वा केही बिकल्प नबनेसम्म आशातित समाधान नआउला । त्यसैले यसमा विशेष निर्णयमा जानू पर्छ कि ?

कुनै पनि बिषयमा सबैभन्दा ठूलाे कुरा दूरदर्शिता हाे । अहिलेको अबस्थामा जसरी कोभिड जाँच प्रणाली र सुस्त क्रम चलिरहेको छ यसरी जाच्ने सुस्तताले सबै नेपालीको परिक्षण गर्न आगामी ८ दशक लाग्ने देखियो । साच्चिकै सरकारले परिक्षणको लागि क्रमभंग नगर्ने हो भने आम विद्यार्थीले परीक्षा , आम नेपाली अभिभावकले परिक्षण पर्खदा पर्खदै जीवनलीला नै सकाउँछन कि ? मनमा आएको डर यस्तो छ राज्यधर्म देख्दा र नजिकबाट महसुस गर्दा । यस्तो अबस्थामा मकैमा घुन पिसिए जस्तै सरकारको निर्णयको जाँताेले अभिभावकको धर्म र विद्यार्थीको कर्तव्यलाई एकमुष्ट नपिसोस ।

लकडाउन लम्बिदै जाने विद्यार्थी र नागरिक समुदायमा मनोबैज्ञानिक दबाब र सन्तुलन खस्किदै जाने अबस्था नल्याउन लकडाउन बिधिलाई परिक्षार्थी विद्यार्थी विशेषलाई खुकुलो बनाएर प्रदेशस्तरको एस.ई.ई परीक्षा छिटोभन्दा छिटो गर्ने ब्यबस्था गर्न अनुरोध गर्दछु । आज समाचारहरुमा जे जे दृश्य र भावनाले ठाउँ पाएको देखिन्छ त्यति पनि भिडभाड हुन्न हरेक स्कुलमा परीक्षा लिने हो भने । त्यसको लागि हरेक परीक्षा केन्द्रमा ज्वरो मापन क्लिनिकको ब्यबस्थापन र ज्वरो वा केही रोग लागेकालाई छुट्टै कक्षाको ब्यबस्थापन गर्न लगाएर पनि परीक्षा संचालन गरौं।

केही मानिसहरुको सामाजिक संजालमा कुराहरु अध्ययन गर्दा शैक्षिक शत्र नै रोक्ने पनि सुनिन्छ तर उहाँहरुको कुरा सुन्दा यति असंवेदशील लाग्छ सायदै उहाँहरुको बालबालिकाको परीक्षा नै नभएर होला कि झैं लाग्छ । परीक्षाको बिकल्प पुरानो ( टेष्ट परीक्षा परिणाम ) परिणामलाई नै योग गरेर एस ई ई परीक्षा नदिएर नै पास भएको मार्कसिट लिने र परीक्षा नै नदिएको ब्याच बन्नलाई आफ्ना बालबालिकालाई प्रेरित गर्न पनि सक्दैनौ । अन्य तहको आन्तरिक मुल्यांकन पनि मापनका आधार होलान । तर विद्यालयको साझा संस्थाहरुको बिचारलाई पनि कानुनी मान्यता दिन बाधा पर्दैन र आम विद्यार्थीको मानसिकतामा चोट नपर्ने गरि निर्णय गर्न सकिन्छ र आगामी अध्ययनलाई बाटो खुलाउन सकिन्छ भने त्यसतर्फ पनि सोच्ने कि बाधाअडकाउ फुकाउ गरेर ? त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यु मार्फत सामाजिक दुरी कायम राख्दै कि परीक्षा तुरुन्तै गराउने ब्यबस्थापन वा बैकल्पिक ब्यबस्थाका लागि विवेकीय निर्णय हुनेछ भन्ने बिश्वास राख्दछौ । राज्यधर्म र धर्माधिकारीको जिम्मेवारीबाट सरकार आफ्नो दायित्व पूरा गर्न पछि नहट्ला भन्ने बिश्वास लिएका छौं । बुद्ध जयन्तीको शुभावना सहित शुभकामना ।

दुर्गाप्रसाद फुयाल
अध्यक्ष : समाजवाद अध्ययन केन्द्र चागुनारायण भक्तपुर
भक्तपुर – चागुनारायण – ८