देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा ५३ पत्रकारमा कोरोना पोजिटिभ देखियो

देशान्तर

भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण लगातार बढी रहेको छ। मुम्बई सहरमा कोरोनाको रिपोर्टिङ गरिरहेका पत्रकारमा पनि कोरोना पोजिटिभ देखिएको छ।

५३ जना पत्रकारलाई कोरोना लागेको पुष्टि भएको आजतकले जनाएको छ। उनीहरुलाई आइसोलेसनमा पठाइएको छ। यसरी कोरोना पुष्टि भएका अधिकांशमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन।१७१ पत्रकारको कोरोना परीक्षण गर्दा ५३ जनामा पोजिटिभ देखिएको हो। यसरी परीक्षण गरिएका फिल्डमा रहेका रिपोर्टर, क्यामेर पर्सनलगायत थिए।

गत साता मुम्बईमा फिल्डमा रिपोर्टिङ गरेका पत्रकारहरुलाई कोरोना परीक्षण गरिदिन भन्दै मुम्बई महानगरपालिकालाई अनुरोध गरिएको थियो। उनीहरुको आग्रहपछि महानगरले १७१ जना पत्रकारको कोरोना टेस्ट गरेको थियो। उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण आत्तिनुपर्ने अवस्था नभएको तर आइसोलेसनमा बस्न भने पठाइएको छ।

केही दिनपछि उनीहरुको दोस्रो पटक कोराना परीक्षण हुनेछ। भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित महाराष्ट्रमा रहेका छन्। महराष्ट्रमा पछिल्लो २४ घन्टामा कोरोनाका ४६६ नयाँ संक्रमित पनि थपिएका छन्। नौ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।