देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा.पुनबारे मिडियामा आएका समाचार खेदपूर्ण : स्वास्थ्य मन्त्रालय

देशान्तर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा.शेरबहादुर पुनलाई मन्त्रालयले सञ्चालन गरेको कोभिड १९ विरूद्धको अभियानमा सहयोगका लागि बोलाइएको स्पष्ट पारेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख सहसचिव रघुराम विष्टले डा. पुनले अस्पतालमा गर्ने काममा कुनै वाधा नपर्ने गरी मन्त्रालयको अभियानमा सहयोग गर्नका लागि उपस्थित हुन अस्पतालको नाममा गरेको पत्राचारको व्यहोरा नबुझेर गलत हिसाबले प्रचार गरिएको जनाएको छ।
अस्पताललाई हामीले डाक्टरको काममा कुनै वाधा नपर्ने गरी सहयोगका लागि उपस्थित गराइदिन पत्रचार गरेका थियौं”, उनले भने, “पत्रको व्यहोरालाई अध्ययन नै नगरेर सबैलाई बदनाम गर्ने काम भएको छ।

उनले कोभिड(१९ को रोकथाम, नियन्त्रण र उपचारमा मन्त्रालयले गरिरहेको कामलाई सत्यतथ्य नबुझेर प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यमलाई आग्रह पनि गरे। मन्त्रीको चरित्रहत्या गर्नेदेखि लिएर कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई पनि हतोत्साहित पार्ने काम भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ५ बैशाखमा अस्पताललाई पत्राचार गरी डा. पुनलाई पठाइदिन भनेको थियो। प्रशासन शाखाका प्रमुख सहसचिव विष्टले पत्रकार सम्मेलनमा अस्पताललाई गरेको पत्रसमेत बाचन गरेर सुनाएका थिए।

यसैबीच प्रमुख मेडिकल अधिकृत डा. पुनले पनि विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले मन्त्रालयले अस्पताललाई पठाएको पत्र आज प्राप्त भएको जानकारी दिँदै अस्पतालको काममा बधा नपर्ने गरी कोभिड(१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउन उपस्थित हुन भनिएको प्रष्ट पारेका छन्।