देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका र क्यानडाको सीमा थप एक महिना बन्द

देशान्तर

अमेरिका र क्यानडाको सीमा क्षेत्र थप एक महिना बन्द गरिने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढेपछि गत एक महिना यता दुई देशबीचको सीमा क्षेत्र बन्द गरिएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका व्यक्ति र ढुवानीवाहक गाडीलाई रोक लगाइने छैन ।

अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाज चलिरहेका छन् ।

अमेरिकाले आन्तरिक र बाह्य यात्रामा ३० जुनसम्म प्रतिबन्ध लगाएकाले क्यानडाले पनि सीमा बन्द गर्ने निर्णय गरेको हो ।