देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरस विरुद्धको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक असम्भव !

देशान्तर

कोरोना भाइरस विरुद्धको खोप पत्ता नलागेसम्म टोकियो ओलम्पिक गर्न नसकिने  वैज्ञानिकहरुले अनुमान गरेका छन् । विश्वव्यापी महामारी बनेको कोभिड १९ विरुद्धको खोप विकास भएर यसको प्रभावकारी प्रयोग नभएसम्स ओलम्पिक खेलकुद आयोजना गर्न कठिन हुने सरोकारवालाहरुले ठहर गरेका हुन् ।

युनिभर्सिटी अफ इडनेबर्गका प्रोफेसर देभी श्रीधरका अनुसार कोरोनाको भ्याक्सिन यो बर्षको अन्तिमसम्ममा तयार भएमात्रै अर्को वर्ष ओलम्पिक हुने संभावना छ । अन्यथा सन् २०२१ मा पनि ओलम्पिक खेदलकुद आयोजना गर्न जोखिमपूर्ण हुने उनको तर्क छ ।

यहि जुलाईको अन्तिम र अगष्टको पहिलो साता हुने भनिएको टोकियो ओलम्पिक कोराना भाइरसका कारण एक बर्षपछाडी धकेलिएको छ । जापानले कोरोनाभाईरस नियन्त्रण र रोकथाममा उल्लेख्य प्रगति हासिल गरेपनि विश्वभर खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शकहरु संक्रमणको उच्च जोखिममा रहेकोले ओलम्पिक गेम्स सारिएको हो ।