देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट विश्वभर एक लाख ६० हजार बढीको मृत्यु

देशान्तर

काठमाडौं, ७ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अहिलेसम्म विश्वभर १ लाख ६० हजार ७ सय ५९ जनाको मृत्यु भएको छ भने २३ लाख ३१ हजार ८५ जना संक्रमित भएको वल्डओमिटरले जनाएको छ । झण्डै ६ लाख मानिस भने कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् । उनीहरुको संख्या ५ लाख ९७ हजार १९४ रहेको छ ।

सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार ९ सय १३ जना संक्रमित बनेका छन् । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सय २७ बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् ।

उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् । फ्रान्समा १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार ४ सय नाघेको छ ।

फ्रान्समा १ लाख ५१ हजार व्यक्ति संक्रमित छन् भने बेलायतमा सक्रमित हुनेमा १ लाख १४ हजारभन्दा बढी रहेका छन् । भारतमा १५ हजार ७ सय २३ जना संक्रमित भएकामा अहिलेसम्म मृत्युहुनेको संख्या ५२१ पुगेको छ । भारतमा २ हजार ४ सय ६३ जना उपचारपछि घर फर्किएका छन् ।