देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय आई लिग रद्ध, मोहन बागान च्याम्पियन

देशान्तर

कोरोना भाईरसका कारण भारतीय आई लिग रद्ध गर्ने सिफारिस गरिएको छ । कोरोनाका संक्रमणबाट बच्न देशभर जारी रहेको लकडाउनका कारण आईलिगका बाँकी खेललाई रद्ध गर्दै मोहन बगानलाई नयाँ च्याम्पियन घोषणा गर्न सिफारिस गरिएको हो ।

आई लिग कमिटिको शनिबार बसेको बैठकले लिग पुन सुरु नगर्न र मोहन बगानलाई च्याम्पियन बनाउन निर्णय गर्दै भारतीय फुटबल महासंघ एआईएफएफलाई पत्र लेखेको छ ।

कोरोनाका कारण भारतमा लकडाउन मे ३ सम्म लागु हुनेछ ।

मोहन बगानले चार चरणको खेल अगाडीनै उपाधि आफ्नो नाममा लेखाएको हो । सरकारी निर्देशन अनुसार मार्च १४ सम्म लिग स्थगित गरिएको थियो । लिग अगाडी मोहन बगानको १६ खेलबाट ३९ अंक रहेको थियो । ईस्ट बंगाल र मिनरवा पञ्जावको समान २३ अंक रहेको थियो । र रियल कश्मीरको २२ अंंक रहेको थियो ।

‘लिगको शीर्ष स्थानको मोहन बगानको ३९ अंक रहेको छ । जसले अन्य टिम भन्दा मोहन बगानको अंकको अन्तर धेरैनै छ । यदी म्याच खेलेको अवस्थामा समेत मोहन बगाननै अगाडी हुन्छ ।’ लिग कमिटिले भनेको छ ।

कमिटिले यस सिजन कुनैपनि टिमलाई रेलिगेशनमा नझार्न सिफारिस गरेको छ । लिग कमिटिका अध्यक्ष तथा भारतीय फुटबल महासंघ एआईएफएफका उपाध्यक्ष सुब्रत दत्तको अध्यक्षतामा शनिबार लिग कमिटिको बैठक बसेको थियो ।

कमिटिले निर्णयले आईजोल एफसी र नेरोका एफसीलाई भने राहत मिलेको छ । समितिले विभिन्न युवा लिगलाई समेत रद्ध गर्न सिफारिस गरेको छ ।