देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ८४१ जना प्रहरीको कारबाहीमा

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ४ सय ७३ महिलासहित १ हजार ८४१ जना प्रहरीको कारबाहीमा परेका छन्। शनिवार बिहान ६ बजे देखि साँझ ५ बजे सम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

यसैगरी २ सय ४४ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी २ सय ६० वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ। कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्ण देशको सुरक्षाको लागि गरिएकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि उनले सबैलाई आग्रह गरे। साथै कार्यालय तथा स्थानीय निकायको समन्वयमा १८ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ।