देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राहत वितरणमा अनियमितता भयो कांग्रेस , सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग

देशान्तर

काठमाण्डौ ( नेपाली कांग्रेसले कोभिड १९ को महामारीलाई लक्षित गर्दै भइरहेको राहत वितरणमा अनियमितता भएको ठहर गरेको छ । शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले राहत वितरणमा अनियमिता भएको ठहर गर्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको हो।

नेकपा को नेतृत्व रहेका पालिकाहरुमा राहत वितरणमा पक्षपात भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए । विभिन्न पालिकाबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न उनले माग गरे ।

केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत लक्षित समूहसम्म नपुगेकोले द्रूत गतिमा सम्बन्धितसम्म राहत पुयाउन पनि कांग्रेसले सरकारलाई अपिल गरेको शर्मालेको भनाई छ ।

सरकारले राहत स्वरुप बैंकको ब्याज मिनाहा गर्न सकिनेहरुको मिनाहा गर्न र न्यून गर्न सकिनेहरुको हकमा कम गर्ने गरी अगाडि बढ्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

साथै स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा अझै कारबाही प्रक्रिाय अगाडि नबढाएको विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।