देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका व्यक्तिको मृत्यु

देशान्तर

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा। रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए ।

उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव परीक्षण भइसकेको थिएन । डा। किदवाईले मृतकको स्वाव परीक्षण गर्न थालेको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृतकको स्वाव परीक्षण र शव कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।