देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो संक्रमित युवतीको आज पनि नेगेटिभ रिपोर्ट आए डिस्चार्ज गरिने

देशान्तर

काठमाडौं : नेपालमा दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवतीको पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ। केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।

गत चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड(१९० कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्‍याएर उनको स्वाब परीक्षण गरिएको छ।

दोहोर्‍याएर गरिएको परीक्षणको रिपोर्ट आज आउने र त्यसमा पनि कोरोना नेगेटिभ देखिए डिस्चार्ज गरिने अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए। पछिल्लोपटक गरिएको परीक्षणको रिपोर्ट आज दिउँसोसम्म आउने र आजको रिपोर्ट पनि नेगेटिभ आए आजै उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।