देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना त्रासकाबीच राहत वितरणमा सक्रिय एनटीए

देशान्तर

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न गरी राहत वितरण गरेको छ । लकडाउन सुरु भएयता विभिन्न चरणमा गरी करिब एक सय परिवारलाई राहत वितरण गरिसकेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका एनटीएका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।

खड्काका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका वडा १, २, ४, ५, ६, ७ र ९, ललितपुर महानगरपालिकामा ४ परिवार तथा गोकर्णेश्वर नगरपालिकामा १ परिवारलाई राहत वितरण गरिएको हो । त्यस्तै एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा १ र २ का स्वास्थ्य चौकी, थली प्रहरी चौकी र कागेश्वरी मनोहरा नगर प्रहरीमा स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ ।

यसैगरी एनटिएले कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ मा रहेको बालआश्रम, सुन्दरीजलमा रहेको चेपााङ बालगृह, गागलफेदिमा रहेको वृद्धाश्रमलाई पनि राहत सामग्री प्रदान गरेको छ । बृद्धाश्रमलाई नेपाल तेक्वान्दो संघका केन्द्रिय अध्यक्ष प्रकाशशम्शेर राणाको सहयोगमा राहत प्रदान गरिएको खड्काले जानकारी दिए ।

खड्काले राहत वितरणका क्रममा विना मास्क र पञ्जामा भेटिएका सुरक्षाकर्मीलाई पनि मास्क र पञ्जा उपलब्ध गराएका थिए । सबै मिलाएर कुल २ लाख ७ हजार रुपैयाँको राहत वितरण गरिएको उनले जानकारी दिए ।

स्वदेशी तथा विदेशी शुभचिन्तकको आर्थिक सहयोगमा राहत वितरण सम्भव भएको हो । सहयोगीहरुमा दिल गुरुङ (हङकङ), इश्वरमान वज्राचार्य, तिलक लामा, रमेश कार्की, मिग्मार शेर्पा, मन राई (युके), नन्दु विष्ट, श्रीकृष्ण खड्का, मधु सुधन (सार्प ट्राभल्स), रामप्रसाद पुडासैनी, रोशनी तामाङ, बल तामाङ, तारा राई, हर्क राई, मोहन विक, निराजन कुइकेल (अस्ट्रेलिया), सैलेन्द्र जोशी, कृष्णकुमार कार्की (मकाउ), उत्तम खड्का, चित्र शेरचन, गिरीबहादुर सुनार, केशवकुमार कार्की, मोहन डोटेल (चीन) र राम गिरी रहेका छन् । एनटीएको पनि आर्थिक सहयोग रहेको छ ।