देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरको कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ

देशान्तर

भक्तपुर । कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए ।

भक्तपुर अस्पतालले शुक्रबार एकै दिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड–१९ परीक्षण गरेकामा सबैको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

आठ जनाको स्वाब नमूना सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको उनले जानकारी दिए । डा. गौतमले एक जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको जानकारी दिए । अस्पतालले आइसोलेसन वार्डलाई बढाएर २१ श्ययाको व्यवस्था गरेको उनले बताए ।

त्यस्तै भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भीडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पासबाहेकमा मानिस घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोलटोलमा खटाएको हो ।

एउटा वडामा ५० जना खटाएको छ भने आवश्यतानुसार परिचानका लागि ज्याकेटसहितका ५०० भन्दा बढी स्वयंसेवक तयारी अवस्थामा रहेको छ । स्वयंसेवकले स्थानीय भाषामा नै सम्झाइबुझाइ गरी अत्यावश्यक सामान किनमेलको लागि स्थानीयलाई नगरपालिकाले दिएको पासका आधारमा मात्र पठाउने र तरकारी बजार व्यस्थापन गराउने गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

यसबाहेक नगरपालिकाले स्थानीय भाषामा प्रत्येक दिन माइकिङ गरी कोरोनासम्बन्धी जनचेतना जगाउँदै घर बाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।