देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति कार्यालयबाट उपलब्ध बजेटमध्ये ९ करोड ५० लाख रुपैयाँ फिर्ता

देशान्तर

काठमाडौं । राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । चालू आर्थिक वर्षका लागि सरकाले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो ।

कोरोना भाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

फिर्ता गरिएको बजेट सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेकी छन् ।