देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२ हप्तासम्म नियमित जाँच र शल्यक्रिया नगर्न सरकारको निर्देशन

देशान्तर

काठमाण्डौ । सरकारले दुई हप्तासम्म नियमित जाँच र शल्यक्रिया नगर्न निर्देशन दिएको छ ।

मङ्गलबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले अबको दुई हप्तासम्म नियमित स्वास्थ्य जाँच र शल्यक्रिया नगर्न निर्देशन दिएको जानकारी गराएको हो । यस्तै दुई हप्तासम्म होल बडीको पनि जाँच नहुने भएको छ ।

तर दीर्घ रोगी र रुघाखोकी लागेका बिरामीलाई भने फिभर क्लिनिक भएका अस्पतालमा स्वास्थ्य जाँच गरिने मन्त्रालयले जनाएको छ । उनीहरुको नमुना परीक्षण गर्न भने टेकुमा पठाइने छ ।