देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोलभेँडा उत्पादनमा बृद्धी

देशान्तर

सर्लाही । सर्लाहीको बजारमा प्रशस्त मात्रामा स्थानीय जातको गोलभेँडा भित्रिन थालेको छ । पुसदेखि निरन्तर शीतलहर चलेर हुस्सु लाग्दा गोलभेँडा उत्पादनमा गिरावट आएको थियो ।

तर केही दिनदेखि घाम लाग्न थालेपछि पाकेका गोलभेँडा बजार भित्रिन थालेको हो । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान गोलभेँडा धमाधम पाक्न थालेपछि बिक्री गर्न भ्याइनभ्याई भएको बताउँछन् । सर्लाहीको बजारमा गोलभेँडा अहिले प्रतिक्रेट चार सयदेखि पाँच सय रुपियाँसम्म बिक्री भइरहेको छ ।

व्यावसायिक रुपमा गोलभेँडा खेती हुने जिल्लाको हीरापुर, पत्थरकोट, चन्द्रपुर, नवलपुर, सासापुर, अत्रौली लगायतका क्षेत्रबाट दैनिक ठूलो परिमाणमा गोलभेँडा भित्रिन थालेको व्यापारीले बताएका छन् । बजारमा अहिले भारतीय गोलभेँडाको तुलनामा स्थानीय जातको गोलभेँडा बढी भित्रिइरहेको लालबन्दी बजारका थोक व्यापारी नवलकिशोर यादवले जानकारी दिए।

बेला–बेलामा ठूलो परिमाणमा भारतीय गोलभेँडा भित्रिँदा भने स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले राम्रो मूल्य पाउन सकेका छैनन् ।