देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हलिउड अभिनेता टम ह्यांग्स र उनकी श्रीमतीलाई कोरोना संक्रमण

देशान्तर

एजेन्सी । हलिउडका विश्वविख्यात अभिनेता टम ह्यांग्स र उनकी धर्मपत्नी रिटालाई कोरोना भाइरसको संक्रमण भएको छ । ह्यांग्सले ट्वीटरमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

यतिबेला अस्ट्रेलिया भ्रमणमा रहेका ह्यांग्सले ट्वीटरमा भनेका छन्– म र रिटा अस्ट्रेलियामा छौं । हामीहरुलाई थकान महसुस भयो । रुघाखोकी पनि थियो र शरिर दुखेको थियो । रिटालाई हल्का ज्वरो पनि थियो । हामीहरुले कोरोना भाइरसको परिक्षण गरायौं र पोजेटिभ पाइयो ।

उनले भनेका छन्– अब के हुन्छ ? चिकित्सहरुले केही नियम बनाएका छन् जसको पालना गर्नुछ । हाम्रो पुनः जाँच हुनेछ र जतिबेलासम्म आवश्यक हुन्छ त्यतिबेलासम्म हामीलाई निगरानीमा राखिनेछ । यसबारेमा हामीले जानकारी दिदै जानेछौं ।