देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘बागी ३’ ले गर्‍यो बर्षकै ठूलो ओपनिङ

देशान्तर

होलीको छेको पारेर प्रदर्शनमा आएको अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ लाई बक्सअफिसमा सानदार ओपनिङ मिलेको छ । आफ्नो ओपनिङमा अहमद खान द्वारा निर्देशित फिल्मले बक्सअफिसमा १७ करोड ५० लाखको कमाई गरेको छ । यो कलेक्सनसँगै ‘बागी ३’ को पहिलो दिने कमाईलाई वर्षकै सबैभन्दा ठूलो ओपनिङ मानिएको छ ।

संसारभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको ‘बागी ३’ टाइगर श्राफको करिअरको सबैभन्दा ठूलो रिलिज मानिएको छ । तर, विजनेस एनालिस्ट्सले कोरोनो भाइरसले दर्शकमा उत्पन्न त्रासका कारण फिल्मले बक्सअफिसमा सानदार कमाई गर्न असफल भएको बताएका छन् । प्रदर्शनभन्दा अगाडि फिल्मले पहिलो दिन २० करोडभन्दा माथि कमाउने अनुमान गरिएको थियो ।

फिल्ममा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन् । ‘बागी ३’, ‘बागी’ को तेस्रो सिरिज हो । फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय छ । फिल्ममा रितेश पुलिस अफिसरको भूमिकामा छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।