देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीमानाकामा स्वास्थ्य डेस्क प्रयाप्त छैन

देशान्तर

 

काठमाडौँ: उत्तरी छिमेकी चीनबाट सुरु भई विश्वब्यापी फैलिएको कोरोना भाइसरको संक्रमण नेपालसँग खुल्ला सीमा रहेको दक्षिण छिमेकी मुलुक भारतमा पनि बिस्तार हुन थालेपछि सरकारले उच्च सतर्कता अप्नाएको छ । यद्यपी हालसम्मको प्रयास प्रयाप्त देखिएको छैन ।

संक्रमण फैलन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल आउने जाने यात्रु मात्र नभई स्थल यातायातबाट पनि संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने अवस्थालाई ध्यानमा राखी भारतसँगका मुख्य मुख्य नाकामा पनि कोरोना भाइरस संक्रमण जाँचमा कडाई गर्नु पर्ने देखिएको छ ।

पूर्वमा इलामको पशुपतिनगरदेखि पश्चिममा दार्चुलासम्मका नेपाल–भारत सीमा नाकामा हेल्थ डेक्स राखी नेपाल भित्रिने व्यक्तिको स्वाथ्य जाँच गर्न थालिए पनि नाकामा प्रभावकारी काम हुन सकेको छैन ।