देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साउदीमा राजपरिवारका प्रभावशाली ३ सदस्य पक्राउ

देशान्तर

साउदी अरेबियाको राजपरिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् । शुक्रबार उनीहरूलाई हिरासतमा लिइएको बताइए पनि त्यसको कारणबारे केही खुलाइएको छैन । पक्राउ परेका उनीहरूले साउदीको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए । जुन साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मन परेको थिएन । आफ्नो यात्रामा बाधक भएको निष्कर्षका साथ राजकुमारले उनीहरूलाई पक्राउ गर्ने आदेश दिएको विश्लेषण अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । सन् २०१६ मा आफ्ना बाबुले राजकुमारमा नियुक्त गरेयता मोहम्मद बिन सलमानले विरोधीमाथि तह लगाउने नीति अख्तियार गर्दै आएका छन् ।