देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए अध्यक्ष्य कुमार पन्तलाई बेलायतमा कालो झन्डा

देशान्तर

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रिय अध्यक्ष्य कुमार पन्तलाई बेलायतमा कालो झण्डा देखाइएको छ । एनआरएनए यूकेको १५ औं स्थापना दिवसको विवादास्पद कार्यक्रममा अतिथिका रुपमा सहभागी हुन आएका एनआरएनए अध्यक्ष पन्तलाई कार्यक्रम बहिष्कार गरेका एनआरएनए युकेको असन्तुष्ट समूहले कालो झण्डा देखाएका हुन् । एनआरएनए यूकेमा रहेको विवाद समाधान नगरि अध्यक्ष पुनम गुरुङ एकपक्षिय ढंगले अघि बढेपछि एनआरएनए अध्यक्ष पन्तले कालो झण्डासहितको विरोध खप्नु परेको हो ।

त्यसोत बेलायत निबासी संघका केन्द्रिय महासचिव डा हेमराज शर्मा र आईसिसि सदस्य रामशरण सिम्खडाले केन्द्रीय अध्यक्ष पन्तलाई विवादमा पार्ने तयारी गरेका थिए । महासचिव शर्मा, आईसिसि सदस्य तथा कार्यक्रम संयोजक सिम्खडा र पत्रकार चिरन शर्मालगायतले पन्त आएपछि यहाँको विवाद समाधान हुने भन्दै रिपोर्टिङ गरेका थिए । बेलायतको विवादबाट टाडै रहने सोच बनाएका पन्तलाई बेलायत आए सवै मिल्ने आश्वासन तीनै जनाले दिएका थिए । केन्द्रीय महासचिव शर्मा लन्डनबाट निकै टाढा लिभरपुलमा बस्छन् । उनलाई यहाँका समाजका बारेमा पर्याप्त जानकारी नभएको बताइन्छ ।

पद विना बस्न नसक्ने सिम्खडाले अध्यक्ष पन्तलाई फसाएर बद्नाम गरि प्रवक्ता नपाएको बदला लिएको चर्चा पनि यतिबेला एनआरएनए युकेमा व्याप्त छ । अध्यक्ष पन्तले पद नदिएपछि उनका विरुद्ध सिम्खडाले सामाजिक संजालमा ‘खाए खा नखाए घिच’ भनेर असन्तुष्टी पोख्न समेत भ्याएका थिए । आर्थिक रुपमा विवादीत व्यक्ती सिम्खडाले संयोजन गरेको कार्यक्रमका विरुद्ध एनआरएनए यूकेका चार उपाध्यक्षले बुधबार साँझ लन्डनमा पत्रकार सम्मेलन गरि अध्यक्ष पन्तलाई उक्त कार्यक्रममा सहभागी नहुन आग्रह गरेका थिए ।

महिला र पुर्व गोरखाका परिवारले कार्यक्रम भैरहेको अल्डसटस्थित एम्पायर हलभित्रै विहीबार व्यानरसहितको कालो झण्डा देखाएका हुन् । उनीहरुले चार करोड घोटाला माथि छानविन नगरि एनआरएनए यूकेले नेपाली समुदायबाट चन्दा उठाएर गरेको स्थापना दिवसलाई मान्यता दिने काम गरेकोमा आपत्ती जनाए । उनीहरुले चार करोड घोटाला छानविन गर, कुमार पन्त फिर्ता जाउ, भष्ट्राचारीलाई कारवाही गर भन्दै नारा लगाएका थिए । बिरोधजुलुसमा सहभागी क्षमता ढकालका अनुसार प्रजातान्त्रिक देश बेलायतमा बिरोध प्रदर्शन समेत गर्न नदिएर एन आर एन युकेका अध्यक्ष पुनम गुरुङ पक्ष्यधारहरुले दुर्ब्यबहारको प्रयास गरेका थिए ।

ढकालले बताएअनुसरा प्रजातान्त्रिक ढंगले नारा जुलुश लगाएका महिलाहरु माथि एनआरएनए यूकेमा भर्खर युके अध्यक्ष पुनम गुरुङको सिफारिसमा एनसीसीमा मनोनित सदस्य भएका हेम गुरुङले आक्रमणको प्रयास थिए । त्यस्तै अर्का सदस्य ह्यारी गुरुङ जुलुशलाई कार्यक्रम स्थलमै पुग्न नदिन प्रयास गरेका थिए । अध्यक्ष पुनम गुरुङको अन्धभक्त समर्थक बल्लभ गुरुङले पुर्वगोरखाका परिवार माथि आक्रमणको प्रयास गरेपनि उनकै साथीहरुले रोकेका थिए ।

यसैवीच, एनआरएनए युकेका अधिकाश संस्थापकहरुले स्थापना दिवसको कार्यक्रम बहिष्कार गरेका छन् ।