देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा ‘कोरोना’ संक्रमितलाई राख्न ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा, क्वारेन्टाइन का लागि स्थल खोजी

देशान्तर

पोखरामा कोरोना भाइरस सङक्रमण व्यक्तिलाई राख्नको लागि  ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा राखिएको छ ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् क्षेत्रीय अस्पताल, चरक, मणिपाल, गण्डकी मेडिकल कलेजमा आइसोलेसन वार्ड तयार भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ‘क्वारेन्टाइन’का लागि सम्भावित स्थलको खोजी भइरहेको जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ ।

चीनसँग जोडिएको कोरला नाकाबाट गण्डकी प्रदेशको पर्यटकीयस्थल मुस्ताङ जिल्ला पनि सीमा जोडिएका कारण मुस्ताङमा ‘हेल्थ डेस्क’ राखेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।

पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ । हालसम्म यात्रीमा कुनै लक्षण देखिएको छैन । कोरोनाको त्राससँगै बजार पनि सुनसान बन्दै गएको छ ।

औषधि पसलले मास्क तथा औषधिको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्न थालेपछि प्रशासनले निगरानी बढाएको जनाएको छ । सचेतना अपनाए यसबाट बच्न सकिने भएपनि सर्वसाधारणमा भने अनावश्यक त्रास फैलिएको देखिन्छ ।