देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनकाे भाउमा नयाँ कीर्तिमान, ताेलाकाे ८० हजार सात सय

देशान्तर

काठमाण्डाै । सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएकाे हाे ।

सुनकाे भाउ बिहीबार ताेलाकाे ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासङ्घ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ ।

चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।