देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औषधि निर्यात नरोक्‍न भारतलाई नेपालको आग्रह

देशान्तर

भारतले अत्यावश्यक औषधिको निर्यातमा तत्कालका लागि लगाएको रोक खुलाउन नेपालले पहल थालेको छ । भारतले कोभिड–१९ को संक्रमण बढ्न सक्ने आकलन गर्दै मंगलबार मात्र पारासिटामोल लगायत २६ वटा अत्यावश्यकीय औषधिको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयको उक्त निर्णयपछि ती औषधि निर्यात गर्न सरकारको इजाजत लिनुपर्नेछ ।

स्रोतका अनुसार निर्णय पुनर्विचारका लागि नेपालले भारतसमक्ष अनौपचारिक रूपमा अनुरोध गरिसकेको छ । तर सबै औषधिको निर्यात भने खुला गर्न नसकिने बरु नेपालले अत्यावश्यक ठानेका सिटामोललगायत औषधिमा पुनर्विचार गर्न सकिने जवाफ भारतले दिएको छ । ‘भारतीय पक्षसँग कुरा भएको थियो र उनीहरूले पुनर्विचार गर्न सकिने जवाफ दिएका थिए,’ एक नेपाली अधिकारीले भने ।