देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिनियाँ कामदार लमुजङमा फर्किएपछि स्थानिय बासीमा त्रास

देशान्तर

लमजुङ : लमजुङमा एकाएक चिनियाँको आगमनले जिल्लाबासीमा कोरोनाको त्रास फैलिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेंसीमा निर्माणाधीन न्यादी जलविद्युत आयोजनाका कामदार विनाचेकजाँच जिल्लामा आएपछि सन्त्रास फैलिएको हो ।

सो आयोजनामा प्राविधिक र कामदार गरी ६१ जना चिनियाँ कार्यरत थिए । नयाँ बर्ष मान्नका लागि गएका उनीहरु २३ माघभित्र काममा फर्कनेगरी एक महिनाको छुट्टीमा घर गएका थिए । ती मध्ये सात जना एकाएक कार्यक्षेत्रमा देखिएपछि गाउँलेमा त्रास फैलिएको छ ।