देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमन्त्री फेरिने चर्चासंगै शेयर बजारमा उच्च बृद्धि, ऐतिहासिक रेकर्ड कायम

देशान्तर

काठमाडौं । आइतबार शेयर बजारमा उच्च बृद्धि आयो । सर्किट ब्रेक लाग्दै नेप्से ७० अंक बराबरले उकालो लागेर १५ सय माथी पुग्यो । यस दिन नेपाल स्टक एक्सचेन्जको इतिहासिमा कारोबारको ऐतिहासिक रेकर्ड कायम भयो ।

यस दिन नप्सेमा एकै दिन झण्डै पौने ४ अर्बको कारोबार भयो । उतार चढावबीच नेप्से ६९ अंकले उकालो लागेर १५ सय ४ पुगेर थामियो । अर्थमन्त्री डा।युवराज खतिवडा राष्ट्रिय सभा सदस्यमा नदोहोरिने चर्चासंगै लगानीकर्ता हौसिएको विश्लेषण गरिएको छ । कारोबार भएका सबै समूहमा सुधार आयो ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च १ सय ९२ अंक अनि जिर्जीबन बीमा समूहमा पनि १ सय ३९ अंकको बृद्धि आयो । वाणिज्य बैंक समूहमा पनि ८६ अंकको उच्च बृद्धि आयो ।

विकास बैंक समूह ८४ अंकले उकालो लाग्यो । व्यापार समूह ७३ अंकले बढ्यो । लघुवित्त समूह ५४ अंकले बढ्दा अरु पनि दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७८ कम्पनीको झण्डै ८८ लाख कित्ता शेयर ३ अर्ब ६१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।