देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सञ्चारमन्त्रीलाई टेलिकमको लाइसेन्सबारे जानकारी छैनः विनोद चौधरी

देशान्तर

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटलाई टेलिकम कम्पनीलाई दिने लाइसेन्सबारे ज्ञान नभएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत सञ्चारमन्त्री बास्कोटलाई जवाफ दिँदै चौधरीले टेलिकम कम्पनीले तिर्ने किस्ता चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कबारे सञ्चारमन्त्रीलाई जानकारी नहुनु दुःखद् भएको उल्लेख गरेका छन् ।

सञ्चारमन्त्री बास्कोटाले नेपाल टेलिकमको वार्षिक उत्सबमा सिजी टेलिकमले २० अर्ब रुपैयाँ तिरे आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिने बताएका थिए ।