देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्यमी युवालाई आर्थिक अभाव नहुने

देशान्तर

राष्ट्रिय युवा नीति पुनरावलोेकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेकोे छ ।

युवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले  आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताए ।

प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिए । सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँर्दै गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने जानकारी दिए । युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने बताएका छन् ।