देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा हिमपात कारण जननिवन प्रभावित

देशान्तर

डोटी – गएको बुधवारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायत पहाडी तथा हिमाली जिल्लामा फेरि हिमपात भएको छ । बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

डोटीकोे खप्तडको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भइरहेको छ । चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको छ । ‘गाईवस्तु चर्ने ठाउँमा हिउँ परिरहेको छ, वस्तुभाउ गोठबाहिर निकाल्न समेत समस्या भएको स्थानियले बताएका छन।

चौथो पटक हिमपात हुँदा हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भएपछि स्थानीय किसान हिउँदेबाली सप्रिने आसामा खुशी छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।

हिमपातका कारण स्थानियहरु घरभित्रै आगो तापेर बस्न बाध्य भएको छन । उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढीलगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण तापक्रम निकै घटेको छ ।
चिसोबाट बच्नको लागि डाक्टरहरुले स्थानियहरुलाई आग्रहसमेत गरेका छन ।