देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माघेसक्रान्तिको अवसरमा दर्बुङमा भव्य कार्यक्रम हुदै

देशान्तर

गोरखा । नेपाल मगर संघ गण्डकी गाउँपालिकाको आयोजनामा माघेसक्रान्ती २०७६ को अवसरमा दर्बुङमा भव्य ‘सास्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ । हराउदै गइरहेको संस्कृति संरक्षण र सम्वद्धर्न गर्नका लागि प्रथम माघेसक्रान्ती कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष झबिन्द्र राना मगरले जानकारि दिनुभयो ।

कार्यक्रम माघेसक्रान्तिको दिन माघ १ गते दर्बुङ्को रानिस्वारामा आयोजना हुनेछ । कार्यक्रममा विशेष आकर्षणको रुपमा नृत्य प्रतियोगिताका साथै अन्य विविध सास्कृतिक कार्यक्रहरु हुनेछन् ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले रु.२० हजार, दास्रो हुनेले रु.१५ हजार, तेस्रो हुनेले रु.१० हजार र सान्त्वना स्थान प्राप्त गर्नेले रु.५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका अध्यक्ष झबिन्द्र राना  मगरले बताउनुभयो ।

कार्यक्रममा स्थानिय पन्जे बाजा समुहको प्रस्तुतिका साथै, चुड्का नाच, मारुनी नाच र स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमका विशेष आकर्षणहरु:

  • नृत्य प्रतियोगिता
  • स्थानिय पन्जे बाजा समुहको प्रस्तुति
  • चुड्का नाच
  • मारुनी नाच
  • गण्डकी गाँउपालिकाको पहिलो होमस्टेको अवलोकन
  • मगर जातिको खानाका परिकारहरुको प्रर्दशनी
  • स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति
  •  मिति: २०७६/१०/०१ गते
  • स्थान: गण्डकि गाउँपालिका वडा न.५ दर्बुङ् रानिस्वारा