देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली र मोदीबिच टेलिफोन बार्ता: सीमा समस्या समाधान गर्न सहमत

देशान्तर

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सीमा विवाद समाधान गर्ने सहमति भएको । द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री ओली मोदिबिच हिजो बुधबार टेलिफोन वार्ता भएको थियो ।

उक्त वार्तामार्फत द्वपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

गत कात्तिक दोस्रो साता भारतले नेपालको कालापानी लिपुलेकलगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली र मोदीबीच पहिलोपटक संवाद भएको हो । सीमा विवाद समाधान गर्न दुवैतर्फका कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएको छ ।

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र सन् २०२० अझै उचाइमा पुर्‍याउन सफल हुनेमा दुवै प्रधानमन्त्रीले विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले जानकारी दिए ।