देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टेलिकम ब्यान्डविथमा पनि कमाउधन्दा

देशान्तर

काठमाडौं । नेपालको इन्टरनेट सेवालाई संसारकै महँगो मानिन्छ । संसारभर दिनप्रतिदिन इन्टरनेटको मूल्य घट्दै छ । तर नेपालमा भने यस्तो भएको छैन । विशेष त सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले प्रदान गर्ने इन्टरनेट सेवालाई महँगो रूपमा लिइन्छ । यसको कारण टेलिकमले अन्य इन्टरनेट प्रदायक कम्पनीहरूभन्दा निकै महँगोमा ब्यान्डविथ खरिदका कारण यस्तो भएको विज्ञहरू बताउँदछन् । टेलिकमले महँगोमा ब्यान्डविथ खरिद गर्दा इन्टरनेट सेवा महँगो मात्र होइन विदेशी मुद्रा अपचलन समेत हुने गरेको छ ।

गत साता पुनः टेलिकमले ब्यान्डविथको लागि टेन्डर आह्वान गरेको छ । अहिले इन्टरनेट प्रदायक संस्थाहरू एनसेल, वल्डलिङ्क, सुविसुलगायतले ब्यान्डविथ विक्रेता एयरटेल र टाटा कम्युनिकेसनसँग आठदेखि साढे आठ अमेरिकी डलरमा खरिद गरेकोमा सोही डाटा नेपाल टेलिकमले २५ देखि ३५ अमेरिकी डलरसम्म खरिद गरेको सूचना देशान्तरलाई प्राप्त भएको छ ।

कागजीरूपमा एयरटेल र टाटा कम्युनिकेसनको नेपाली एजेन्ट छैनन् । नेपाली टेलिकमले सीधै एयरटेल र टाटा कम्युनिकेसनसँग व्यान्डविथ किन्ने सम्झौता गर्ने गरेको छ । तर एयरटेलका नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र टाटा कम्युनिकेसन हेमन्त अग्रवालले एजेन्टको काम गरी झन्डै चौवर महँगोमा किनेबापत पाउने कमिसन टेलिकमका एमडी, सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पु¥याउने टेलिकम स्रोत बताउँदछ ।

अन्तर्राष्ट्रिय प्राक्टिसमा कच्चा तेलको मूल्य जस्तै ब्यान्डविथको पनि मूल्य घट्ने, बढ्ने भइरहन्छ । तर टेलिकमले कमिसनका कारण एकैपटक चार÷पाँच वर्षका लागि एउटै मूल्यमा खरिद सम्झौता गर्दछ । यसरी संस्था डुबाउने र विदेशी मुद्रा अपलचन गर्दा पनि निर्णायक संस्था दूर सञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंक रमिते भएर बसेको देख्दा मन्त्री र प्रधानमन्त्रीको यसमा सीधै संलग्नता भएको पुष्टि हुन्छ ।
– देशान्तर साप्ताहिकबाट