देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साढे ३३ किलो सुन तस्करी प्रकरण: आरके ज्वेलर्स खोल्न सर्वोच्चको आदेश

देशान्तर

काठमाण्डौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा शिलबन्दी गरिएको आरके ज्वेलर्स खोल्न सर्वोच्चले अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरिदिएको हो ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले २८ जेठ २०७५ मा न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलरीमा शिलबन्दी गरेको थियो । सञ्चालक राजेन्द्र शाक्य सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परिसकेपछि शिलबन्दी गरिएको थियो ।

सञ्चाललक शाक्यलाई भने जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

ज्वेलरीबाट प्रहरीले करिब ९ करोड रुपैयाँ बराबरको गहना पनि बरामद गरेको थियो । सर्वोच्चले उक्त गहनाको मुद्दा जिल्ला अदालत मोरङमा विचाराधीन रहेको भन्दै यसबारे केही बोलेन ।

ज्वेलरीमा शिलबन्दी गरेको दुई दिनपछि समितिले बाजेको सेकुवाको ६ वटा आउटलेटमा छापा हानेको थियो ।

सर्वोच्च अदालतमा शिलबन्दीविरुद्ध रिट परेपछि १८ भदौमै बाजेको सेकुवा खुलिसकेको छ । यसका सञ्चालक चेतन भण्डारी भने अझैसम्म फरार छन् ।

उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ मा रेड कर्नर नोटिस जारी भइसकेको छ ।